नवनियुक्त उद्योगमन्त्री साहले उद्योगीहरूसँग छलफल गर्ने
canadanepal.com · Fri Sep 11 08:12:49 GMT 2026

काठमाडौँ - बजारमा देखिएको एलपी ग्यासको अभाव, वितरण प्रणालीमा देखिएका समस्या तथा सहज आपूर्तिका विषयमा छलफल गर्न नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले आज बेलुकी ५ बजे विशेष बैठक बोलाएका छन् ।
ग्यासको सहज आपूर्ति तथा वितरण प्रणालीलाई प्रभावकारी बनाउने विषयमा छलफल गर्न मन्त्री साहले उद्योगी तथा सम्बन्धित सरोकारवालालाई बैठकमा आमन्त्रण गरेका हुन् । पछिल्लो समय ग्यास नपाएर उपभोक्ताहरू लामो समयसम्म लाइनमा बस्नुपर्ने अवस्था सिर्जना भएको छ भने विभिन्न स्थानमा कालोबजारीसमेत बढेको गुनासो आउन थालेपछि मन्त्री साहले यस विषयमा चासो देखाएका हुन् ।
Read full story at source (canadanepal.com)