भोटेकोशी बाढी: म्याग्दीका तीन पालिकाद्वारा दुई/दुई लाख सहयोग
ratopati.com · Fri Aug 28 17:35:20 GMT 2026

म्याग्दी । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुन स्थापनका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा म्याग्दीका तीन स्थानीय तहहरूले रु. छ लाख सहयोग गरेका छन् ।
धवलागिरि, अन्नपूर्ण र रघुगंगा गाउँपालिकाले कोषमा रु। दुई/दुई लाख जम्मा गरेका हुन् । यसैगरी कोषमा बेनीको दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाले रु। एक लाख ५१ हजार जम्मा गरेको छ ।
Read full story at source (ratopati.com)