बुबा : जनयुद्धदेखि शान्तिसम्म मेरो स्मृतिमा एउटा जीवन
ratopati.com · Fri Sep 11 08:21:30 GMT 2026

आज कुशे औँसी - बुबाको मुख हेर्ने दिन। अरूका लागि यो दिन आफ्ना बुबाको अनुहार हेर्ने, उहाँको हातबाट आशीर्वाद लिने र प्रेम साट्ने दिन होला। मेरा लागि भने यो दिन अलि फरक छ। यो दिन मेरो जीवनका ती अधुरा र धमिला स्मृतिका पानाहरू फेरि पल्टाउने दिन हो, जहाँ एउटा बुबाको अनुहारसँगै जनयुद्धको एउटा युग, आमाको आँसु, बाजे–बजैको प्रतीक्षा र एउटा परिवारको पीडा जोडिएको छ।
मेरा बुबा अर्थात गोरक्षे महतारा`भौतिक´ मेरो जीवनका केवल जन्मदाता हुनुहुन्न। उहाँ मेरो प्रेरणाको स्रोत, मार्गनिर्देशक, संघर्षका पर्याय तथा महान् जनयुद्धका एक साहसी योद्धा र कुशल कमान्डर हुनुहुन्छ।
Read full story at source (ratopati.com)