प्रहरी महानिरीक्षकमाथि करोडौँको भ्रष्टाचारको आरोप छ, छानबिन गरी कारबाही गर्नुपर्छ : सांसद सुनार
ratopati.com · Fri Sep 11 08:32:14 GMT 2026

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप लगाउँदै सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसद सुनारले प्रहरीको बन्दोबस्तीका सामग्री (मोजा, जुत्ता र कपडा) खरिदमा करोडौँको भ्रष्टाचार भएको विषय सार्वजनिक लेखा समिति लगायतका निकायमा पुग्दा पनि सरकारले कुनै चासो नदेखाएको आरोप लगाए ।
सांसद सुनारले सरकारको काम गर्ने शैलीमाथि प्रश्न उठाउँदै भने, ‘सामान्य आरोप लाग्दा अन्य मन्त्रीहरू बर्खास्तीमा पर्छन्, तर प्रहरी महानिरीक्षकमाथि करोडौँको भ्रष्टाचारको आरोप लाग्दा पनि उहाँ पदमै हुनुहुन्छ। यो कस्तो खालको न्याय हो ?’
Read full story at source (ratopati.com)