अमेरिकाबाट फिर्ता ल्याइएको शाक्यमुनि बुद्धको प्राचीन मूर्ति पुनःस्थापना
kendrabindu.com · Sat Jun 27 04:14:06 GMT 2026

काठमाडौं । चोरले संयुक्त राज्य अमेरिका पुर्याएको १३औँ शताब्दीको शाक्यमुनि बुद्धको प्रस्तर मूर्ति स्थानीय न्हुच्छेवहालमा विधिपूर्वक पुनःस्थापना गरिएको छ । काठमाडौं महानगरपालिका, पुरातत्व विभाग तथा सम्पदा अभियन्तालगायतको समन्वयमा हालै त्यहाँ उक्त मूर्ति पुनःस्थापना गरिएको हो ।
पुरातत्व अधिकृत सरिता सुवेदीका अनुसार चोरी भएको उक्त मूर्ति अमेरिकामा फेला परेपछि पुरातत्व विभागले अमेरिकास्थित तिब्बत हाउस कलेक्सनसँग समन्वय गरी नेपाल फिर्ता ल्याएको हो । अमेरिकाको एक सङ्ग्रहालयमा रहेको मूर्ति सरकार, विभिन्न संस्था, विद्वान् तथा स्वदेशी–विदेशी सम्पदा अभियन्ताको सहकार्यमा नेपाल ल्याइएको थियो ।
Read full story at source (kendrabindu.com)