शासन गर्ने राजा खोजेका छैनौं, सक्रिय राजा खोज्नेसँग सिद्धान्त नमिल्नसक्छ : राजेन्द्र लिङ्देन
onlinekhabar.com · Fri Jun 19 09:20:50 GMT 2026

५ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्रकै केही नेता राजसंस्था र हिन्दुराष्ट्रको मुद्दा तुहाउन लागेको आरोप लगाएका छन् । शुक्रबारदेखि काठमाडौंमा सुरु भएको राप्रपाको केन्द्रीय समिति बैठकमा अध्यक्ष लिङ्देनले यस्तो आरोप लगाएका हुन् ।
‘कठिनतम् दिनमा राजसंस्थाको पक्षमा उभियौं, हिन्दु राष्ट्रको पक्षमा उभियौं, भ्रष्टाचारका विरुद्ध उभियौं । हाम्रो निष्ठामा प्रश्न उठाउने ?,’ लिङ्देनले प्रश्न गर्दै भने, ‘हो, हामी ती हाम्रा केही साथीभन्दा के कुरामा फरक छौं भने हामीले राजसंस्थाबारे उठाएको कुरा हाम्रो कुनै स्वार्थसँग गाँसिएको छैन ।’
Read full story at source (onlinekhabar.com)