पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनः स्थापना गर्छौ : सभापति थापा
gorkhapatraonline.com · Fri Sep 11 08:49:20 GMT 2026

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनः स्थापना गरिने बताउनुभएको छ । गिरिजाप्रसाद कोइराला फाउण्डेशनले आयोजना गरेको ‘समीक्षा तथा भावी योजना’ कार्यक्रममा बोल्दै सभापति थापाले पार्टीको आगामी १५औँ महाधिवेशनमा भाग लिनबाट कसैलाई वञ्चित नगरिएको भन्दै पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गरिने बताउनुभएको हो ।
सभापति थापाले पार्टीको १५औँ महाधिवेशन अन्तर्गतको वडा अधिवेशन आगामी असोज ३ र ४ गते हुने र केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म सम्पन्न हुने भन्दै महाधिवेशनको तिथीमिति तलमाथि नहुने बताउनुभयो । संविधान र पार्टीको विधानअनुसार असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन सम्पन्न हुने उहाँको भनाइ थियो ।
Read full story at source (gorkhapatraonline.com)