बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहत तीव्र पार्न संसदीय समितिको निर्देशन
ratopati.com · Fri Sep 11 09:12:53 GMT 2026

मकवानपुर । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहत वितरण तीव्र पार्न बागमती प्रदेशको संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । बागमती प्रदेश सभा अन्तर्गतको अर्थ तथा विकास समितिले गत भदौ १० गतेको बाढीबाट अति प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लामा तत्काल पुनर्निर्माण, राहत तथा पुनर्स्थापनाका कार्यलाई तीव्रता दिन प्रदेश सरकारलाई निर्देशन दिएको हो ।
शुक्रबार हेटौँडामा बसेको समितिको बैठकले बाढी प्रभावित क्षेत्रमा आवागमन सुचारु गर्न, खानेपानी तथा ऊर्जाको व्यवस्था मिलाउन र किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन सम्बन्धित मन्त्रालयहरूलाई विभिन्न निर्देशन दिएको हो । बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री भरतबहादुर केसी, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री राजु बिष्ट, मन्त्रालयका सचिवहरू तथा प्रदेश नीति तथा योजना आयोगका प्रतिनिधिको उपस्थिति थियो ।
Read full story at source (ratopati.com)