गरिमा हत्या प्रकरणमा दुई नाबालक पुर्पक्षका लागि सुधारगृहमा, १० प्रतिवादीमध्ये एकलाई धरौटी
kalakarmi.com · Fri Sep 11 09:12:21 GMT 2026

सिमरा- जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा पक्राउ परेका दुई नाबालकलाई अदालतले पुर्पक्षका लागि बाल सुधारगृह पठाउने आदेश दिएको छ ।
बारा जिल्ला अदालतका न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले बुधवार दुवै नाबालकलाई मुद्दाको अन्तिम टुंगो नलागेसम्म वीरगन्जस्थित बाल सुधारगृहमा राख्ने आदेश दिएको हो । आदेशपछि उनीहरूलाई सुधारगृह पठाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।
Read full story at source (kalakarmi.com)