एनआईसी एशिया क्यापिटलको साधारण सभा सम्पन्न, ५० प्रतिशत नगद लाभांश पारित
arthasansar.com · Fri Sep 11 09:13:05 GMT 2026

एनआईसी एशिया क्यापिटल लिमिटेडको दशौँ वार्षिक साधारण सभा शुक्रबार काठमाडौंको थापाथलीस्थित क्यापिटलको रजिष्टर्ड कार्यालयमा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको प्रतिवेदन पारित गरेको छ । यस्तै, २०८३ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायत वार्षिक वित्तीय विवरणमाथि छलफल गरी पारित गरेको छ ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार चुक्ता पुँजीको ५० प्रतिशत (करसहित) का दरले नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गरेको छ । सभामा सञ्चालक समितिका अध्यक्ष रुपेश लुईटेलले २० करोड रुपैयाँ चुक्ता पुँजी रहेको क्यापिटलले समीक्षा अवधिमा २८ करोड ९८ लाख रुपैयाँभन्दा बढी आम्दानी गरी १० करोड ५१ लाख रुपैयाँभन्दा बढी खुद मुनाफा आर्जन गर्न सफल भएको जानकारी दिए ।
Read full story at source (arthasansar.com)