नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने विधेयक प्रतिनिधि सभामा फिर्ता
ratopati.com · Fri Sep 11 09:19:57 GMT 2026

काठमाडौँ। प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा पठाइएको ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ राष्ट्रिय सभाले पारित गरेर प्रतिनिधि सभामा फिर्ता पठाएको छ।
शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा सचिव प्रकाश अधिकारीले राष्ट्रिय सभाबाट प्राप्त विधेयकका सम्बन्धमा जानकारी गराए। बैठकमा सचिव अधिकारीले जानकारी गराएअनुसार विधेयक राष्ट्रिय सभाको साउन २५ गतेको बैठकबाट संशोधन नगरी पारित भएको थियो।
Read full story at source (ratopati.com)