सरकारलाई वर्षमानको चेतावनी- सधैँ सत्तामा टिक्छु नसोच्नू, पूर्वप्रधानमन्त्रीका तस्बिर हेरेर सत्य स्वीकार्नू
nepalpress.com · Fri Sep 11 09:17:51 GMT 2026

काठमाडौँ । नेकपाका सांसद वर्षमान पुनले सरकारलाई डर, त्रास र धम्कीबाट लामो समय शासनमा टिक्छु भन्ने भ्रमबाट मुक्त हुन चेतावनी दिएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै लोकतन्त्रमा आवधिक निर्वाचनमार्फत जित हार भइरहने बताए ।
उनले भने, ‘सधैँका लागि सत्तामा आएको भ्रममा नपर्नुस् । अरुका कुरामा विश्वास लाग्दैन भने तपाईंको कार्यालयको भित्तामा झुण्ड्याइएका पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरुका तस्बिर एकपटक हेर्नुभयो भने पनि सत्य स्वीकार गर्ने शक्ति प्राप्त गर्नुहुनेछ ।’
Read full story at source (nepalpress.com)