अर्थमन्त्री वाग्लेको मानवीय मामिला सल्लाहकारमा विश्व विजय पराजुली नियुक्त
nepalpress.com · Fri Sep 11 09:30:37 GMT 2026

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विश्व विजय पराजुलीलाई आफ्नो ‘मानवीय मामिला’ सम्बन्धी अवैतनिक सल्लाहकारमा नियुक्त गरेका छन् ।
भदौ २४ गतेको मन्त्रीस्तरीय निर्णयानुसार पराजुलीलाई आगामी मङ्सिर मसान्तसम्मका लागि उक्त पदमा नियुक्त गरिएको हो । भोटेकोशीमा आएको बाढीपछि अर्थ मन्त्रालयले निर्वाह गर्नुपर्ने मानवीय राहत, उद्धार र पुनर्स्थापनाका कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले यो अल्पकालीन नियुक्ति गरिएको मन्त्रालयले जनाएको छ ।
Read full story at source (nepalpress.com)