अस्पतालबाहिर प्रसूति घटनाबारे छानबिन हुँदैछ, दोषीलाई कारबाही हुन्छ - स्वास्थ्यमन्त्री
arthasansar.com · Fri Sep 11 09:30:44 GMT 2026

स्वास्थ्य मन्त्री निशा मेहताले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल परिसरबाहिर महिलाले बच्चा जन्माएको घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको बताएकी छन्। प्रतिनिधि सभा बैठकमा बोल्दै घटनाको सत्यतथ्य छानबिन गरी दोषी देखिए कानुनबमोजिम कारबाही गरिने स्पष्ट पारिन्।
उनले भनिन्, ‘घटना सार्वजनिक भएपछि मन्त्रालयले अस्पतालसँग २४ घण्टे स्पष्टीकरण मागेको थियो। अस्पतालले स्पष्टीकरण पेस गरिसकेको र घटनाको स्थलगत छानबिनका लागि नेपाल मेडिकल काउन्सिल तथा मन्त्रालयका प्रतिनिधिसहितको पाँच सदस्यीय टोली राजविराज पुगिसकेको छ।’
Read full story at source (arthasansar.com)