जलवायु संकट : थेग्नै नसक्ने खर्च नेपालीको टाउकोमा थोपरिरहेछन् धनी देश
ratopati.com · Fri Sep 11 09:35:09 GMT 2026

काठमाडौँ । रसुवाको भोटेकोशी नदी हुँदै भदौ १० को विनाशकारी बाढीले ध्वस्त भएका त्यस क्षेत्रका व्यापारिक मार्गहरू पुनर्निर्माण गर्ने काम सुरु भएको छ । नुवाकोटको तादी नदीमाथि नेपाली सेनाले नयाँ पुल बनाएको छ ।
यतिबेला देश अचानक आएको प्राकृतिक विपद्का कारण उत्पन्न आर्थिक संकटबाट बाहिर निस्कने प्रयास गरिरहेको छ । रसुवा, नुवाकोट र धादिङसहितका जिल्लाका नदी दटीय क्षेत्रको उक्त बाढीका कारण उत्पन्न क्षतिको पुनर्निर्माण गर्न मात्रै कम्तीमा ५ अर्ब डलर खर्च हुने अनुमान सरकारी अधिकारीहरूले गरेका छन् । तर यति ठूलो रकमले यात्रा तथा सामान ढुवानीका लागि प्रयोगमा आइरहेका महत्वपूर्ण पूर्वाधारहरू गुमाउँदा उत्पन्न भएको अप्रत्यक्ष प्रभावलाई नसमेट्ने विज्ञहरू बताउँछन् ।
Read full story at source (ratopati.com)