वन्यजन्तुको दोहन गर्ने आपराधिक सञ्जालहरूबिरुद्ध बलियो क्षेत्रीय सहकार्य आवश्यक छ : मन्त्री चौधरी
barnanmedia.com · Fri Sep 11 09:44:26 GMT 2026

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तुको दोहन गर्ने आपराधिक सञ्जालहरूविरुद्ध बलियो क्षेत्रीय सहकार्य आवश्यक रहेको बताउनुभएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयको नेतृत्वमा आज ललितपुरमा आयोजित दक्षिण एसियाली वन्यजन्तु कानुन कार्यान्वयन सञ्जाल (सावेन) पहिलो महासभाको समापन कार्यक्रममा उहाँले सावेनको जिम्मेवारी परिणाम देखाउने भएकाले दरिलो सहकार्यको आवश्यकता औंल्याउनुभाये ।
“काठमाडौँमा निर्माण भएको सहकार्यको गतिशीलतालाई निरन्तरता दिँदै आगामी दिनमा व्यावहारिक कदममार्फत क्षेत्रीय वन्यजन्तु अपराध नियन्त्रणमा ठोस प्रगति हासिल गर्नुपर्नेमा छ, काठमाडौँमा विकसित भएको सहकार्य, मित्रता, ऐक्यबद्धता र सामूहिक प्रतिबद्धताको भावनाले दक्षिण एशियामा वन्यजन्तु अपराध नियन्त्रणका लागि आगामी सामूहिक प्रयासलाई निरन्तर मार्गदर्शन गर्ने विश्वास छ”, उहाँले भन्नुभयो । मन्त्री चौधरीले काठमाडौँ घोषणापत्रमार्फत अवैध वन्यजन्तु व्यापार नियन्त्रण र क्षेत्रीय सहकार्य सुदृढ गर्ने साझा राजनीतिक प्रतिबद्धता व्यक्त भएको बताउनुभयो ।
Read full story at source (barnanmedia.com)