मामा र भान्जीको घटनास्थलमै मृत्यु
gorkhapatraonline.com · Fri Jun 19 10:47:45 GMT 2026

झापाको कन्काई नगरपालिका–५ स्थित चप्रामारी भन्ने स्थानमा जोत्न निकालेको ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार ५ वर्षीया बालिकासहित दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
शुक्रबार बिहान साढे ११ बजेको समयमा कन्काई–५ स्थित अमरपथ सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे ४ प ५४५६ नम्बरको मोटरसाइकल र खेत जोतेर सडकतर्फ आउँदै गरेको मे १ त ७४०४ नम्बरको ट्र्याक्टर एकापसमा ठोक्किँदा दुर्घटना भएको हो ।
Read full story at source (gorkhapatraonline.com)