गरिमा हत्या प्रकरण : अदालतले छाड्यो अभियुक्त, अनुसन्धानमाथि प्रश्नैप्रश्न
nagariknews.nagariknetwork.com · Fri Sep 11 10:00:20 GMT 2026

बारामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको आरोपमा पक्राउ परेका १० जना अदालतको आदेशपछि हिरासतमुक्त भएका छन्। बारा जिल्ला अदालतले मुख्य प्रतिवादी प्रोग्रेश भनिने पुरग्रेश चौधरीलाई २० हजार रुपैयाँ धरौटीमा र अन्य नौ जनालाई साधारण तारेखमा छाड्ने आदेश दिएपछि घटनाले फेरि नयाँ प्रश्न जन्माएको छ । के यो आदेशले अभियुक्तलाई निर्दोष सावित गरेको हो? कि राज्यले अनुसन्धान र अभियोजनमार्फत अदालतमा पर्याप्त प्रमाण पुर्याउन नसकेको हो ?
यो प्रश्नलाई भावनाको तहबाट मात्र हेर्न मिल्दैन । तीन वर्षकी बालिकाको ज्यान गएको घटना आफैँमा अत्यन्त संवेदनशील र गम्भीर छ। घटनापछि पीडित परिवारको आक्रोश सडकमा पोखियो, विभिन्न ठाउँमा प्रदर्शन भए । सरकार तथा पीडित परिवारबीच तीनबुँदे सहमति भएपछि बालिकाको अन्त्येष्टिसमेत गरियो । यो घटना एउटा परिवारको निजी पीडामा सीमित रहेन, राज्यको न्याय प्रणालीमाथिको विश्वाससँग जोडिएको विषय बन्यो ।
Read full story at source (nagariknews.nagariknetwork.com)