रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक : सांसद न्यौपाने
baahrakhari.com · Fri Jun 19 11:04:00 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रञ्जु न्यौपाने (दर्शना)ले पार्टीको आसन्न महाधिवेशनमा सभापति रवि लामिछानेकै नेतृत्व आवश्यक रहेको बताएकी छन् । शुक्रबार (असार ५) संघीय संसद् भवनबाहिर सञ्चारकर्मीसँग उनले पार्टीको संगठन सुदृढीकरणका निम्ति यो पहिलो महाधिवेशन भएकाले लामिछानेको नेतृत्व अपरिहार्य रहेको जिकिर गरिन् ।
“महाधिवेशन कुनै पनि राजनीतिक दलको दिशा र नीति तय गर्ने महत्त्वपूर्ण माध्यम हो,” उनले भनिन्, “संगठनलाई अझ बलियो बनाउन पहिलो महाधिवेशनमा रवि लामिछाने नै सभापति हुनुपर्छ भन्ने मेरो व्यक्तिगत र राजनीतिक बुझाइ छ ।”
Read full story at source (baahrakhari.com)