मधेश प्रदेशमा सिटिजन्स बैंकको मार्केट लिडरसिप कार्यक्रम सम्पन्न
annapurnapost.com · Fri Sep 11 10:12:41 GMT 2026

काठमाडौं : सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मधेश प्रदेशमा आफ्ना प्रदेश प्रमुख, शाखा–प्रबन्धक तथा अन्य सहकर्मीहरूका लागि ड्राइभिङ हाइ– भोल्युम ग्रोथ, क्वालिटी क्रेडिट, एन्ड मार्केट लिडरसिप कार्यक्रम सम्पन्न गरेको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल लगायत अन्य वरिष्ठ कार्यकारीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा गत आर्थिक बर्षको कार्यप्रगति समिक्षा एवं चालु आर्थिक वर्षका बजेट, रणनीतिक कार्य योजना एवं प्राथमिकताहरूमा छलफल गर्दै केन्द्र र प्रदेश बीच सहकार्य सुदृढ गर्ने विषयमा गहिरो अन्तरक्रिया भएकोे छ।
Read full story at source (annapurnapost.com)