महाधिवेशन स्थगित गरेर वार्ता थाल्न कांग्रेसका २४ नेताको आग्रह
rajdhanidaily.com · Fri Sep 11 10:23:29 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका २४ केन्द्रीय नेताहरूले पूर्ण एकताका लागि महाधिवेशनको कार्यतालिका तत्काल स्थगित गर्न माग गरेका छन्। देश गम्भीर संकट र विपद्को अवस्थामा रहेको तथा राजनीतिक प्रणाली र संस्थाहरू कमजोर हुँदै गएको अवस्थामा पार्टीभित्रको विवादले राष्ट्रिय राजनीतिमै नकारात्मक असर पारेको भन्दै नेताहरूले संयुक्त विज्ञप्ति जारी गरी यस्तो आह्वान गरेका हुन्।
नेताहरूले कांग्रेसको आन्तरिक कलहकै कारण समग्र राष्ट्रिय राजनीतिलाई समेत सही दिशा दिन कठिन भइरहेको र यस्तो अवस्थामा विवादलाई थप चर्कन वा पार्टीलाई विभाजित हुनबाट जोगाउन नेतृत्व पंक्ति गम्भीर हुनुपर्नेमा जोड दिएका छन्।
Read full story at source (rajdhanidaily.com)