संयुक्त राष्ट्रसंघमा नेपालले जलवायुको असरबारे जानकारी गराउने
himalpress.com · Fri Sep 11 10:48:13 GMT 2026

काठमाडौँ- नेपालले अमेरिकाको न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा जलवायु संकटबाट नेपालमा परेको असरबारे जानकारी गराउने भएको छ।
शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव अमृतबहादुर राईले संयुक्त राष्ट्रसंघको महासभामा विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नगण्य भूमिका भए पनि नेपालले ठूलो नकारात्मक असर भोगिरहेको विषयलाई दृढतापूर्वक उठाइने जानकारी दिए।
Read full story at source (himalpress.com)