एमाले पुनर्गठनको प्रसव पीडाः कठिन बाटो
kendrabindu.com · Fri Sep 11 10:56:46 GMT 2026

काठमाडाैं । नेकपा (एमाले)लाई लगाइएका आरोपहरू जेन्जी आन्दोलन र फागुन २१ को निर्वाचनताका बहुत सुव्यवस्थित ढंगले सतहमा आए र त्यसको गम्भीर परिणाम नेकपा एमालेले चुनावको परिणामसँगै भोग्यो र शर्मनाक ढङ्गले पछारियो। यसो त नेकपा एमालेसँग जनता रिसाएका जेन्जी आन्दोलनदेखि यता मात्र होइन। २०७९ सालको निर्वाचनमा जनताले एमालेलाई पाँच वर्ष प्रतिपक्षमा बस्ने जिम्मेवारी दिएका थिए। तर उसले सत्ता बिना टिक्नै नसक्ने पार्टीको रूपमा आफ्नो परिचय बनायो।
पहिला नेकपा माओवादीसँग, फेरि अर्को पटक उसैसँग र फेरि प्रधानमन्त्रीको लोभमा कांग्रेससँग संयुक्त सरकार निर्माण गरेर। जेन्जी आन्दोलनको पूर्वसन्ध्यामा सम्पन्न पार्टीको विधान महाधिवेशनबाट दुई कार्यकाल र ७० वर्षको उमेर हद हटाइनु, विद्या भण्डारीको सदस्यता नवीकरणलाई रोक लगाइनु र सामाजिक सञ्जालहरूमाथिको प्रतिबन्धले जनतामा/युवाहरूमा चरम निराशा उत्पन्न गरेको स्थिति थियो। यस्तो पृष्ठभूमिमा जेन्जी आन्दोलनमा नवयुवाहरू जायज मागहरू लिएर सडकमा आएका थिए। तिनका मागहरूलाई अन्देखा गर्ने र होच्याउने भूमिका सरकारले निर्वाह गर्यो। त्यसमाथि टेकेर त्यो अवसरको सदुपयोग गर्दै एमालेविरोधी बाह्य र आन्तरिक शक्तिहरूले मलजल गरे र खेल्ने मौका पाए।
Read full story at source (kendrabindu.com)