गाउँमै स्वास्थ्य सेवा पाएपछि स्थानीय खुसी
nepalnews.com · Fri Sep 11 11:09:30 GMT 2026

धनगढी। कैलालीको कैलारी गाउँपालिका–५ बैजपुरमा १५ शैंयाको कैलारी आधारभूत अस्पताल सञ्चालन आएसँगै स्थानीय खुसी भएका छन्। अस्पताल सञ्चालमा आएसँगै स्वास्थ्यमा सामान्य समस्या देखिँदा समेत उपचार गर्न गाउँपालिका बाहिर जानु पर्ने बाध्यता अन्त्य भएको जनाउँदै उनीहरु हर्षित भएका हुन्।
गाउँपालिकाका प्रशासकीय अधिकृत दलबहादुर धामीले अस्पताल सञ्चालनका लागि पालिकाले आवश्यक जनशक्ति, उपकरण तथा अन्य आवश्यक व्यवस्थापन मिलाइएकाले गुणस्तरीय सेवा प्रदान भइरहेको बताए।
Read full story at source (nepalnews.com)