मधेसका अर्थमन्त्री भट्टराईको सय दिन : रकमान्तर रोक्नेदेखि ७६ लेखा कर्मचारीको सरुवासम्म
ratopati.com · Fri Sep 11 11:13:39 GMT 2026

जनकपुरधाम । मधेस प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले आफू मन्त्री भएयता आर्थिक सुशासन कायम गर्न महत्वपूर्ण काम गर्न सफल भएको दाबी गरेका छन् । उनले विगतमा जस्तो अर्थ मन्त्रालयबाट बजेट निकासा आर्थिक वर्षको अन्तिम समयमा हुने नीतिगत समस्या समाधान गर्दै आर्थिक वर्षको सुरुवातबाटै अन्य मन्त्रालयले योजनाअनुसार काम गर्न सक्ने गरी बजेट कार्यान्वयनको सुरुवात गरेको बताए ।
आफ्नो कार्यकाल १०० दिन पुगेको अवसरमा शुक्रबार पत्रकार सम्मेलन गर्दै मन्त्री भट्टराईले बजेटलाई कार्यक्रममुखी मात्र नभई नीति, सुशासन र प्रशासनिक सुधारमुखी बनाउँदै वित्तीय सुशासन तथा बजेट व्यवस्थापनतर्फ अन्धाधुन्ध रकमान्तरमा रोक लगाएको बताए ।
Read full story at source (ratopati.com)