किस्ता तिर्ने समय आयो, बाढी प्रभावित कर्जालाई सहुलियत योजना ल्याउन गभर्नरको आलटाल
corporatenepal.com · Fri Sep 11 11:14:33 GMT 2026

काठमाडौं । सामान्यतः हरेक महिनाको मसान्त भित्र बैंकको कर्जाको किस्ता तिर्नुपर्ने हुन्छ । तर, भदौ मसान्त आइपुग्दा पनि नेपाल राष्ट्र बैंकले भदौ १० गतेको भोटेकोशी–त्रिशुली बाढीबाट प्रभावित कर्जालाई आवश्यक सुविधा, सहुलियत तथा राहत प्याकेज ल्याउन भने ढिलाई गरेको छ ।
भदौ १० गते आएको विनाशकारी बाढीले हजारौं संख्यामा मानवीय क्षति गरेको छ । त्यससँगै बाढीले त्यहाँ भएको होटल, व्यापार, व्यवसाय, घर, गाडी लगायतको भौतिक सम्पत्ति बगाएको छ, जहाँ बैंकहरुले कर्जा प्रवाह गरेका पनि थिए । बाढीले कर्जाको धितो नै बगाएको छ । त्यसले गर्दा ऋणीहरू तत्काल किस्ता तिर्न नसक्ने अवस्थामा पुगेको छन् । बाढीले ऋणी र धितो दुवै बगाएको अवस्था पनि छ । जुन ऋण अब असुल हुने अवस्था छैन ।
Read full story at source (corporatenepal.com)