भोटेकोशी बाढीबाट १८ विद्यालय प्रभावित, शिक्षा क्षेत्रको पुनरुत्थानमा दुई अर्ब बढी लाग्ने
hamrakura.com · Fri Sep 11 00:00:00 GMT 2026

काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण प्रभावित बनेको शिक्षा क्षेत्रको पुनरुत्थान तथा पुनर्निर्माणका लागि सरकारले रु दुई अर्ब ३४ करोड ३२ लाख १७ हजार पाँच सय लाग्ने अनुमान गरेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहितको संयुक्त प्राविधिक टोलीद्वारा तयार पारिएको ‘द्रुत क्षति तथा आवश्यकता आँकलन’ प्रतिवेदनमा सो विवरण सार्वजनिक गरिएको हो।
प्रतिवेदनअनुसार बाढीका कारण १८ वटा विद्यालयहरू प्रत्यक्ष प्रभावित भएका छन्। जसमध्ये ११ वटा विद्यालयका भवनहरू पूर्ण रूपमा ध्वस्त भएका छन् भने ७ वटा विद्यालयमा आंशिक क्षति पुगेको छ। बाढीले भवनसहित त्यहाँ रहेका सम्पूर्ण शैक्षिक सामग्री, फर्निचर र अन्य भौतिक सम्पत्ति नष्ट गरिदिएको छ, जसका कारण त्यस क्षेत्रका नौ हजारभन्दा बढी विद्यार्थीहरूको पठनपाठन अवरुद्ध बन्न पुगेको छ।
Read full story at source (hamrakura.com)