पोखरामा थप पाँच शव व्यवस्थापन
nepalnews.com · Fri Sep 11 11:45:34 GMT 2026

गण्डकी। भोटेकोशी–त्रिशूली बाढीमा ज्यान गुमाएका थप पाँच जनाको शव आज पोखरामा व्यवस्थापन गरिएको छ। पहिचान हुन नसकेपछि दुई महिला, दुई पुरुष र एक बालकको शव पोखरा महानगरपालिका–१६ स्थित वनक्षेत्रमा जमिनमुनि व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
शव परीक्षण तथा पहिचानका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र मणिपाल शिक्षण अस्पतालमा ल्याइएका १०२ शवमध्ये यसअघि ७६ शवलाई सोही स्थानमा जमिनमुनि व्यवस्थापन गरिएको थियो। २१ शव पहिचान गरी आफन्तलाई हस्तान्तरण गरिएको थियो।
Read full story at source (nepalnews.com)