‘ग्रीन आर्मी’ नाम परिवर्तन नगरे के कारबाही हुन्छ ?
ratopati.com · Fri Sep 11 11:45:07 GMT 2026

काठमाडौँ । सुरक्षा निकायसँग मिल्दोजुल्दो नाम र स्वरूप प्रयोग गरेको विषयमा विवादमा आएको ‘ग्रीन आर्मी’ संस्थालाई नाम परिवर्तन गर्न ३५ दिनको समयसीमा दिइएको छ । शुक्रबार कम्पनी रजिस्ट्रारको कार्यालयले पत्राचार गर्दै तोकिएको अवधिभित्र संस्थाको नाम परिवर्तन गर्न निर्देशन दिएको छ ।
यदि संस्थाले सरकारको उक्त निर्देशनलाई बेवास्ता गरे वा नाम परिवर्तन गर्न नमाने कम्पनी ऐन, २०६३ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइनेछ । कम्पनी रजिस्ट्रारको कार्यालयका उपरजिस्ट्रार एवं सूचना अधिकारी रामप्रसाद ज्ञवालीका अनुसार कम्पनी ऐनको प्रावधान र उजुरीको आधारमा संस्थाको कानुनी अस्तित्वमाथि असर पर्नेछ ।
Read full story at source (ratopati.com)