कुशको शव बनाएर अन्त्येष्टि
gorkhapatraonline.com · Fri Sep 11 11:53:49 GMT 2026

भदौ १० गते भोटेकोशी नदीको बिनाशकारी बाढीमा परेर बेपत्ता भएका सर्लाहीको लालबन्दीका तीन जनाको शुक्रबार कुशको शव बनाइ अन्त्येष्टि गरिएको छ ।
रसुवा जिल्लास्थित तीर्थस्थल गोसाइकुण्ड जानेक्रममा आफूहरु सवार गाडीसहित सम्पर्कविहीन भएका लालबन्दी नगरपालिका –५, मेजरगन्जका ५२ वर्षीय चिरन्जीवी खतिवडा, ५० वर्षीय द्वारिकाप्रसाद दङ्गाल र ४९ वर्षीय कृष्णप्रसाद धमलाको कुशको शव बनाइ अन्त्येष्टि गरिएको हो ।
Read full story at source (gorkhapatraonline.com)