लक्षित वर्गलाई २ लाख रुपियाँसम्मको निःशुल्क जलन उपचार
annapurnapost.com · Fri Sep 11 12:04:23 GMT 2026

काठमाडौं : काठमाडौँ महानगरपालिकाले जलनको उपचार गर्नु पर्ने लक्षित वर्गका व्यक्तिलाई २ लाख रुपियाँसम्मको निःशुल्क उपचार गराउने भएको छ। अति विपन्न, हिंसा पीडित तथा बेवारिसे बिरामीहरुलाई महानगरपालिकाको स्वास्थ्य शिक्षा समितिको सिफारिसमा सेवा प्रदान गरिनेछ। यस्तै काठमाडौँ महानगरपालिका क्षेत्रभित्र बसोबास गर्ने स्थायी बासिन्दा, कानुन बमोजिम बसाइँसराइ गरी आएका व्यक्तिहरू, महानगरका जनप्रतिनिधिहरू, कर्मचारीहरू र उनीहरूका परिवारका सदस्यहरूलाई पनि यो सेवा प्रदान गरिनेछ। उपचारका लागि प्रति व्यक्ति २ लाख रुपियाँसम्मको खर्च कोषबाट व्यहोरिनेछ।
कोषको रकम उपचारका लागि मात्र प्रयोग गरिनेछ। बिरामीले अस्पतालको क्याबिन सेवा, ईएचएस सेवा वा कस्मेटिक उपचार रोजेको खण्डमा भने कोषबाट रकम खर्च गरिनेछैन। अस्पतालले आफूसँग उपलब्ध सेवा र सुविधाहरूमा मात्र यो कोष परिचालन गर्नुपर्ने सम्झौतामा उल्लेख छ।
Read full story at source (annapurnapost.com)