नेप्से परिसूचक २७ दशमलव ९४ अङ्कले बढ्यो
gorkhapatraonline.com · Fri Sep 11 12:16:57 GMT 2026

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २७ दशमलव ९४ अङ्कले बढेर दुई हजार ५५९ दशमलव ४९ मा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ९८ अङ्कले बढेर ४५३ दशमलव ९२ मा पुगेको छ । फ्लोट सूचक एक दशमलव ८८ अङ्कले बढेर १७५ दशमलव ७० मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक एक दशमलव ४३ अङ्कले बढेर १५३ दशमलव २१ मा पुगेको छ । आज विभिन्न कम्पनीका एक करोड २० लाख ८९ हजार ७०९ कित्ता सेयर चार अर्ब ३६ करोड एक लाख ५९ हजार ४८७ मूल्यमा खरिद बिक्री भएको छ ।
Read full story at source (gorkhapatraonline.com)