अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन कोलोराडोमा सम्पन्न
gorkhapatraonline.com · Tue May 26 17:52:13 GMT 2026

नौ बुँदे घोषणापत्र जारी गर्दै अमेरिकाको कोलोराडोमा आयोजित तीन दिने नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिको मुख्य आयोजना र अनेसास कोलोराडो च्याप्टरको संयोजनमा कोलोराडोको वेष्टमिनिस्टरस्थित होटल ड्ररीमा शनिबारदेखि सुरु भएको तीन दिने वृह्त अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सोमबार ‘कोलोराडो घोषणापत्र’ जारी गर्दै सम्पन्न भएको हो ।
घोषणापत्रमा विश्व साहित्यमा नेपाली साहित्यको प्रवर्धन लगायतका गतिविधि समेटेर वार्षिक रुपमा जर्नल प्रकाशित गर्ने, युवा लेखकलाई प्रोत्साहनका लागि अनेसास लेखवृत्ति प्रदान गर्ने, प्रकासोन्मुख पाण्डुलिपी सम्पादनका लागि विज्ञ लेखक उपलब्ध गराउने, बालबालिकालाई लेखनमा प्रोत्साहन गर्न बाल प्रतिभा पुरस्कार घोषणा तथा पुरस्कृत गर्ने, विश्वभर रहेका नेपालीहरुलाई साहित्यमा प्रोत्साहन गर्न लेखन प्रशिक्षण सञ्चालन गर्ने लगायत बुँदा उल्लेख छन् ।
Read full story at source (gorkhapatraonline.com)