बैतडीमा बस दुर्घटना अपडेट : ९ जना घाइते
ratopati.com · Fri Jun 19 13:23:48 GMT 2026

बैतडी । बैतडीको शाहीलेकमा बस दुर्घटना भएको छ । धनगढीबाट बैतडी सदरमुकाम गइरहेको सुदूरपश्चिम यातायातको सुपप्र ०१–००१ ख ३६४६ नम्बरको बस शुक्रबार साँझ पौने ६ बजे दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेर घाइते भएका ९ जनाको उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल बैतडी पुर्याइएको प्रहरीले जनाएको छ । बस सडकबाट करिब ३० मिटर तल खसेको छ ।
Read full story at source (ratopati.com)