रैथाने स्वादमा आधुनिकता र तापक्रमको असर
nepalsamaya.com · Fri Jun 19 13:20:34 GMT 2026

मनाङ। पहिले जैविक खेतीपाती मात्रै हुने ठाउँ हो मनाङ। पहिले स्थानीय प्रजातिको स्याउ, फापरखेती हुन्थ्यो र गरिन्थ्यो। मनाङको नासो गाउँपालिका–६ तिल्चेका पुराना किसान कमल घले भन्छन्, ‘मनाङको मौसम फेरिएको छ। स्थानीय जातको स्याउ पाउनै मुस्किल भएको छ।’ स्थानीय स्याउ बिक्री तथा विभिन्न परिकार बनाउने गरिएको भए पनि अहिले उत्पादन घट्दा विकासे (हाइब्रिड) स्याउ लगाएको प्रशस्त देखिने उनी बताउँछन्।
स्थानीय प्रजातिको जस्तो स्वाद अहिलेका स्याउमा नपाइने उनी बताउँछन्। ‘स्थानीय जातकै स्याउका दानाको आकार घटेको छ। त्यति मात्रै हो र ! फापरको मिठास, करु, गहुँ, कोलु बोडीको दाना समेत घटेका छन्,’ घले भन्छन्, ‘हिउँ समयमा पर्दैन, पानीको काम नै पहिले त हिउँले गर्ने हो, कहिले अर्कै समयमा परेको हुन्छ त। कहिले हिउँ नै पर्दैन। केको हुनु खेतीपाती।’
Read full story at source (nepalsamaya.com)