कास्की ल्याइएका सबै शवको व्यवस्थापन
gorkhapatraonline.com · Fri Sep 11 12:35:08 GMT 2026

भोटेकोशी हिमबाढीमा परी ज्यान गुमाएका मृतकको सबै शव व्यवस्थापन गरिएको छ । व्यवस्थापनका लागि नवलपरासी (बर्दघाट सुस्तापूर्व) बाट ४१ वटा, धादिङबाट २७, गोरखाबाट ११ र तनहुँबाट २४ गरी एकसय दुई शव कास्की ल्याइएको थियो ।
पहिचान हुन सक्ने अनुमान गरी पश्चिम क्षेत्रीय अस्पतालमा राखिएका पाँच शव शुक्रबार व्यवस्थापन गरिएको छ । यसअघि भदौ १६ गते पहिचान हुन नसकेका ७६ शव पोखरा–१६, उपल्लो दीपको सिसौघारीमा जमिनमुनि व्यवस्थापन गरिएको थियो । २१ शव भने आफन्तले पहिचान गरी बुझेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।
Read full story at source (gorkhapatraonline.com)