बैतडीमा यात्रु बस दुर्घटना, ९ जना घाइते
nagariknews.nagariknetwork.com · Fri Jun 19 13:26:44 GMT 2026

बैतडीको शाहीलेक क्षेत्रमा शुक्रबार साँझ यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। धनगढीबाट बैतडी सदरमुकामतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको सुपप्र ०१–००१ ख ३६४६ नम्बरको बस दुर्घटनामा परेको हो।
प्रहरीका अनुसार साँझ करिब पौने ६ बजे भएको दुर्घटनामा घाइते भएका ९ जनाको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल बैतडी पठाइएको छ। दुर्घटनाग्रस्त बस सडकबाट करिब ३० मिटर तल खसेको बताइएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)