इरान–साउदीबीच क्षेत्रीय असुरक्षाबारे छलफल
khabarhub.com · Fri Sep 11 12:52:01 GMT 2026

रियाद- यमनमा पुनः युद्ध चर्किएसँगै इरान र साउदी अरबका शीर्ष कूटनीतिज्ञले क्षेत्रीय तनाव र बढ्दो असुरक्षाबारे टेलिफोन वार्ता गरेका छन् । इरानी विदेशमन्त्री अब्बास अराघची र साउदी विदेशमन्त्री फैसल बिन फरहानबीच बिहीबार भएको वार्तामा तनाव फैलिन नदिन तथा क्षेत्रीय स्थिरता पुनःस्थापित गर्न कूटनीतिक प्रयास र सहकार्य जारी राख्नेमा जोड दिइएको इरानको विदेश मन्त्रालयले जनाएको छ ।
वार्तामा यमनको पछिल्लो द्वन्द्वबारे प्रत्यक्ष उल्लेख नगरिए पनि इरानले यमनका हुथी विद्रोहीलाई सैन्य तथा आर्थिक सहयोग गर्दै आएको छ भने साउदी अरबले यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई समर्थन गर्दै आएको छ । हुथीहरूले राजधानी साना, होडाइडा र उत्तरी ठूलो भूभाग नियन्त्रणमा राख्नुका साथै हालै रणनीतिक लाल सागर बन्दरगाह सहर मोचा कब्जा गरेका छन् ।
Read full story at source (khabarhub.com)