गुजरातलाई ९२ रनले हराउँदै साविक विजेता बेंग्लुरु आईपीएलको फाइनलमा
ratopati.com · Tue May 26 18:15:57 GMT 2026
काठमाडौ । रोयल च्यालेन्जर्स बेंग्लुरु इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ। मङ्गलबार धर्मशालामा भएको महत्त्वपूर्ण खेलमा गुजरात टाइटन्सलाई ९२ रनले पराजित गर्दै साविक विजेता बेंग्लुरुले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
पहिले ब्याटिङ गरेको बेंग्लुरुले निर्धारित ओभरमा २५४ रनको विशाल योगफल तयार पार्दै गुजरातसामु २५५ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको थियो । यो स्कोर आईपीएलको नकआउट वा प्लेअफ चरणको इतिहासकै सबैभन्दा उच्च स्कोर हो । यसअघि यो कीर्तिमान सन् २०२३ मा मुम्बई इन्डियन्स विरुद्ध २३३ रन बनाउँदै गुजरात टाइटन्सले नै राखेको थियो । बेंग्लुरुका लागि कप्तान रजत पाटीदारले उत्कृष्ट र आक्रामक ब्याटिङ गर्दै मात्र ३३ बलमा ९३ रनको अविजित योगदान दिए। उनको पारीमा ५ चौका र ९ छक्का सामेल थिए। यस्तै विराट कोहली र क्रुणाल पाण्ड्याले समान ४३–४३ रन जोडे भने देवदत्त पाडिक्कलले ३० र ओपनर बेंकेटेस अय्यरले १९ रनको योगदान दिए ।
Read full story at source (ratopati.com)