गुजरातमाथि एकपक्षीय जित निकाल्दै बेंगलुरु फाइनलमा
onlinekhabar.com · Tue May 26 18:15:16 GMT 2026
१२ जेठ, काठमाडौं । साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरु आईपीएल २०२६ को फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो क्वालिफायर खेलमा गुजरात टाइटन्समाथि एकपक्षीय जित निकाल्दै बेंगलुरु फाइनलमा पुगेको हो ।
बेंगलुरुले दिएको २५५ रनको विशाल लक्ष्य पछ्याएको गुजरात १९.३ ओभरमा १६२ रनमा अलआउट भयो । राहुल तेवातियाले बनाएको अर्धशतक सान्त्वना मात्र बन्यो । उनले ४३ बलमा ६८ रन बनाए । जस बट्लरले २९ तथा साइ सुदर्शनले १४ रन बनाए ।
Read full story at source (onlinekhabar.com)