लुम्बिनीबाट प्रमुख सचिव कृष्णप्रसाद काप्रीको सरुवा, विनोद कुँवरले पाए जिम्मेवारी
nepalpress.com · Fri Sep 11 13:06:45 GMT 2026

रुपन्देही । लुम्बिनी प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्रीको निर्वाचन आयोगमा सरुवा भएपछि प्रदेश सरकारबाट उनी बिदाइ भएका छन् । उनको ठाउँमा विनोदबहादुर कुँवरलाई जिम्मेवारी दिने निर्णय बिहीबार मात्रै संघीय सरकारले गरेको छ । उनी राष्ट्रिय समावेशी आयोगको सचिव रहेका थिए ।
गत मंसिर १ गते लुम्बिनी प्रदेशको प्रमुख सचिवको जिम्मेवारी सम्हालेका काप्रीले ९ महिना २६ दिन प्रदेशको प्रशासनिक नेतृत्व गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा शुक्रबार मुख्यमन्त्री चेतनारायण आचार्यले काप्रीलाई बिदाइ गरे ।
Read full story at source (nepalpress.com)