बाढीपछिको पुनर्निर्माण : एकीकृत बस्ती र सुरक्षित सहर अबको निर्विकल्प मार्ग
ratopati.com · Fri Sep 11 13:15:00 GMT 2026

गत भदौ १० गते बुधबार भोटेकोसी र त्रिशूली नदी आसपासका क्षेत्रमा आएको अकल्पनीय र प्रलयकारी बाढीले देशलाई फेरि अपूरणीय क्षति पुर्याएको छ। हजारौँ मानिस विस्थापित भएका छन्, कैयौँले ज्यान गुमाएका छन् र खर्बौंको भौतिक पूर्वाधार बालुवामा मिसिएको छ। अत्यासलाग्दो भोटेकोसी बाढीले पुर्याएको क्षति प्राकृतिक प्रकोप मात्र होइन, हाम्रो गलत सहरीकरण र योजनाविहीन विकासको भयावह नतिजासमेत हो भन्ने महसुस गराएको छ।
विपद्ले हामीले गरिरहेको विकास दिगो छ त भन्ने गम्भीर प्रश्न उब्जाएको छ। हाम्रा पुर्खाले आधुनिक इन्जिनियरिङ पढेका थिएनन् तर उनीहरू प्रकृति र भूगोलका असल जानकार थिए। ‘खोलाको किनारमा खेतीपाती, डाँडाको टापुमा बसोबास’ उनीहरूको एउटै मन्त्र थियो। उदयपुरगढी होस् वा मकवानपुरगढी, हाम्रा पुराना गाउँबस्ती जहिले पनि सुरक्षित उचाइमा हुन्थे। उनीहरूले खोलाको बहाव क्षेत्रलाई कहिल्यै अतिक्रमण गरेनन्।
Read full story at source (ratopati.com)