चेम्बर अध्यक्ष अग्रवाल र एडीबीका शिक्षा विशेषज्ञ सुबीच भेटवार्ता, सिप विकासमा जोड
onlinekhabar.com · Fri Sep 11 13:07:32 GMT 2026

२६ भदौ, काठमाडौं । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) का अध्यक्ष कमलेश कुमार अग्रवाल र एसियाली विकास बैंक (एडीबी) का वरिष्ठ शिक्षा विशेषज्ञ जियान सु बीच भेटवार्ता भएको छ । शुक्रबार चेम्बर भवनमा भएको भेटवार्तामा नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम (टीभीईटी) प्रणालीलाई उद्योगको वास्तविक आवश्यकता र रोजगारीसँग जोड्ने विषयमा छलफल भएको हो ।
भेटवार्तामा अध्यक्ष अग्रवालले नेपालको उपलब्ध प्राकृतिक तथा आर्थिक स्रोतसाधनको प्रभावकारी उपयोग गर्दै युवालाई उद्योगको मागअनुसार आवश्यक सिप प्रदान गर्नुपर्नेमा जोड दिए । उनले कक्षाकोठामा मात्र आधारित तालिमभन्दा व्यावहारिक तथा कार्यस्थलमा आधारित प्रशिक्षणलाई प्राथमिकता दिनुपर्ने बताए ।
Read full story at source (onlinekhabar.com)