भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतका लागि प्याब्सनले दियो १२ करोड
kendrabindu.com · Fri Sep 11 13:45:48 GMT 2026

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउन प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १२ करोड रुपैयाँ जम्मा गरेको छ ।
प्याब्सनले शुक्रबार सिंहदरबारमा अर्थमन्त्रीमार्फत उक्त रकम हस्तान्तरण गरेको हो । भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति हुनुका साथै विद्यार्थी, अभिभावक तथा विद्यालयसमेत प्रभावित भएपछि राज्यको राहत तथा पुनःस्थापना अभियानमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको प्याब्सनले जनाएको छ ।
Read full story at source (kendrabindu.com)