कुशे औंशीमा भद्रपुरका १२१ ज्येष्ठ नागरिक सम्मानित
annapurnapost.com · Fri Sep 11 13:55:24 GMT 2026

झापा : झापाको भद्रपुर३ नम्बर वडा कार्यालयले वडाभित्रका ज्येष्ठ नागरिकलाई शुक्रबार भव्य समारोहकाबीच सम्मान गरेको छ।
कुशे औंशी अर्थात् बाबुको मुख हेर्ने दिनको अवसर पारेर वडा कार्यालयले १२१ जना ज्येष्ठ नागरिकलाई मिष्टान्न भोजनसहित सम्मान गरेको हो। कार्यक्रममा सहभागी प्रत्येक ज्येष्ठ नागरिकलाई एक–एक थान छाता, खादा तथा फूलको गुच्छा प्रदान गरिएको थियो। वडा नम्बर ३ ले ज्येष्ठ नागरिकलाई लक्षित गर्दै हरेक वर्ष अवलोकन भ्रमणलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ।
Read full story at source (annapurnapost.com)