किन प्रायः मधेसीकै भागमा पर्छ उद्योग मन्त्रालय?
nepalnews.com · Fri Sep 11 14:09:25 GMT 2026

जनकपुरधाम। काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको अभाव चर्किरहेका बेला निजी ग्यास उद्योगीले असहयोग गरेको र कर्मचारीतन्त्र उद्योगीको प्रभावमा चलेको आरोप लगाएकी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले २५ भदौमा पदबाट राजीनामा दिइन्।
उनको ठाउँमा त्यही दिन सुनसरी-४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद दीपककुमार साह मन्त्री नियुक्त भए। कुनै समय जनमत पार्टीका उपाध्यक्ष रहेका साह पार्टीबाट अलग भएपछि आफ्नै दल गठन गरेर चुनावअघि रास्वपासँग जोडिएका थिए। २०८२ को प्रतिनिधिसभा निर्वाचनमा उनी रास्वपाको टिकटमा सुनसरी-४ बाट निर्वाचित भएका हुन्।
Read full story at source (nepalnews.com)