एसीसी प्रिमियर कपको फाइनलमा वर्षाको त्राश, खेल रद्ध भए नेपाललाई चोट !
nepalpress.com · Fri Sep 11 14:13:24 GMT 2026
काठमाडौँ । एसीसी मेन्स प्रिमियर कप २०२६ को ऐतिहासिक फाइनल खेलमा भोलि (शनिबार) नेपाल र यूएईबीच मलेसियाको बायुइमास ओभल मैदानमा भिड्दै छन् । सन् २०२७ मा हुने एसिया कपमा सिधै छनोट हुनका लागि यो खेल दुवै टोलीका लागि निकै महत्त्वपूर्ण मानिएको छ ।
एशाेसिएट्स क्रिकेटका चिरपरिचित प्रतिद्वन्द्वी बीचको यो खेललाई लिएर नेपाली समर्थकहरू निकै उत्साहित छन् । तर मलेसियाको मौसमका कारण भोलिको खेलमा पानीले प्रभावित गर्नसक्ने जोखिम उच्च देखिएको छ । मौसम पूर्वानुमानअनुसार खेलको समयमा आकाश बदली रहने र भारी वर्षा हुनसक्ने देखिन्छ ।
Read full story at source (nepalpress.com)