जलन उपचारका लागि काठमाडौँ महानगरको २ करोड, लक्षित वर्गलाई २ लाखसम्म निःशुल्क उपचार
nepalnews.com · Fri Sep 11 14:15:11 GMT 2026

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले लक्षित वर्गलाई २ लाख रुपैयाँसम्मको निःशुल्क जलन उपचार उपलब्ध गराउने भएको छ । महानगरपालिकाले जलन उपचारका लागि आवश्यक औजार, उपकरण र सेवाका लागि अस्पताललाई २ करोड रुपैयाँ प्रदान गरेको जनाएको छ ।
सामग्री तथा चेक हस्तान्तरणपछि बोल्दै महानगरपालिकाका कार्यवाहक प्रमुख डंगोलले सकेसम्म नागरिकले जलन भोग्न नपरोस् भनेर क्षमता विकास तथा प्रवर्धनात्मक कार्यक्रम सञ्चालन गर्ने र भवितव्यमा जलनमा परेकालाई निःशुल्क उपचार उपलब्ध गराउने बताइन् ।
Read full story at source (nepalnews.com)