शव पहिचानका लागि डीएनए परीक्षण तीव्र, हालसम्म दुई हजार ६७८ नमुना सङ्कलन
hamrakura.com · Thu Sep 10 00:00:00 GMT 2026

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी नागरिकका शवको पहिचानका लागि नेपाल प्रहरीले डीएनए नमुना सङ्कलन तथा परीक्षणलाई तीव्र बनाएको छ। शव पहिचानका क्रममा कुनै त्रुटि नहोस् भन्ने उद्देश्यले प्रहरीले आधुनिक फोरेन्सिक विधि डिएनए प्रोफाइलिङमार्फत नमुना परीक्षणलाई सूक्ष्म र व्यवस्थित रूपमा अगाडि बढाएको छ।
नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला, सामाखुसीले बाढी प्रभावित क्षेत्र तथा मृतकका आफन्तबाट प्राप्त भएका डिएनए नमुनाहरूको परीक्षण गरिरहेको छ। नमुना सङ्कलनदेखि सुरक्षित भण्डारण र परीक्षणसम्मका प्रक्रियामा वैज्ञानिक मापदण्ड तथा उपलब्ध प्रविधिको उच्च प्रयोग गरिएको प्रहरीले जनाएको छ। प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेले विपद्पछिको खोज, उद्धार तथा शव पहिचानको कार्यलाई प्रहरीले उच्च प्राथमिकताका साथ अघि बढाइरहेको बताएका छन्।
Read full story at source (hamrakura.com)