कानून मन्त्रीलाई कारबाही गर्न राष्ट्रिय सभाका सांसदहरुको माग
hamrakura.com · Thu Sep 10 00:00:00 GMT 2026

काठमाडौँ। राष्ट्रिय सभाका सांसदहरूले कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलाई कारबाही गर्न राष्ट्रिय स्वतन्त्र पार्टीलाई आग्रह गरेका छन्। बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा सांसदहरूले राष्ट्रिय सभाले कानून निर्माणमा अवरोध गरेको भन्ने मन्त्रीको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएका हुन्।
नेपाली कांग्रेसका सांसद रञ्जित कर्णले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले पार्टीका नेता–कार्यकर्ताले गलत तथा भ्रामक सूचना सम्प्रेषण गरे कारबाही गर्ने बताएको स्मरण गराउँदै मन्त्री गौतमलाई कारबाही गर्न माग गरे। राष्ट्रिय सभाले कानून रोकेको भए त्यसको विवरण सार्वजनिक गर्न चुनौती दिँदै उनले मन्त्रीले आफ्नो जिम्मेवारी पूरा गर्न नसके पदबाट राजीनामा दिनुपर्ने बताए।
Read full story at source (hamrakura.com)